प्रधानमन्त्री ओलीको आग्रह– हरेक दिन समय निकालेर योग गर्नुस् « Khabarhub

प्रधानमन्त्री ओलीको आग्रह– हरेक दिन समय निकालेर योग गर्नुस्


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कर्मयोगीहरुको देश भएको उल्लेख गर्दै सबैलाई कर्म र योग दुवै गर्न सुझाव दिए ।

हरेक दिन समय निकालेर योग गरे लोभ, क्रोध र तनावबाट मुक्ति मिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले बुद्ध भूमि नेपाललाई ध्यान भूमिको रुपमा चित्रण गर्दै विश्व ध्यान केन्द्र स्थापना गर्ने बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वहरुले देशलाई आग्र्रह, उत्तेजना र आवेशतिर लैजान खोजेपनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर अघि बढने उल्लेख गरे ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ४२ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन