प्रधानमन्त्री ओलीको आग्रह– हरेक दिन समय निकालेर योग गर्नुस् | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको आग्रह– हरेक दिन समय निकालेर योग गर्नुस्


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कर्मयोगीहरुको देश भएको उल्लेख गर्दै सबैलाई कर्म र योग दुवै गर्न सुझाव दिए ।

हरेक दिन समय निकालेर योग गरे लोभ, क्रोध र तनावबाट मुक्ति मिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले बुद्ध भूमि नेपाललाई ध्यान भूमिको रुपमा चित्रण गर्दै विश्व ध्यान केन्द्र स्थापना गर्ने बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वहरुले देशलाई आग्र्रह, उत्तेजना र आवेशतिर लैजान खोजेपनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर अघि बढने उल्लेख गरे ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ४२ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि