भारतीय कंग्रेसका चार सांसद निलम्बित | Khabarhub Khabarhub

भारतीय कंग्रेसका चार सांसद निलम्बित


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – मूल्य वृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ।

अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो। यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए।

निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन्।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ। केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ।

हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसले भन्यो।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ५३ बजे

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र