हङ्कङमा फेरि लाखौं मानिस सडकमा « Khabarhub

हङ्कङमा फेरि लाखौं मानिस सडकमा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता लिन तथा प्रमुख कार्यकारीले तत्काल राजीनामा दिनुपर्ने माग राखी हङ्कङमा पुनः लाखौं मानिसहरु सडकमा आर्लेका छन् ।

प्रदर्शनकारीले सरकारी कार्यालय घेराउ गर्नुका सार्थ चर्को नाराबाजी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङका प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिन दिएको म्याद शुक्रबार बिहीबार सकिएसँगै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेपनि त्यतिले नपुग्ने भन्दै त्यस विधेयकलाई पूर्ण रुपमा नै फिर्ता लिनुपर्ने र शहरकी प्रमुख कार्यकारी क्यारी लामले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

अघिल्लो साता उक्त विधेयकविरुद्ध दशौं लाख मानिसहरुले प्रदर्शन गरेपछि सरकार पछि हट्दै उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेको थियो ।

नयाँ सुपुर्दगी कानून लागू भएमा हङ्कङवासीको स्वतन्त्रता तथा मानवअधिकार हनन् हुनसक्ने र हङ्कङका नागरिकलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गरिने भन्दै त्यसको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ०० बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि