मेरो फिल्मी योगदानको कदर भयो : भुवन केसी « Khabarhub

मेरो फिल्मी योगदानको कदर भयो : भुवन केसी



काठमाडौँ- अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषद्को बैठकमा भुवनको नाम बोर्ड अध्यक्षका लागि प्रस्ताव गरेका थिए।

भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौड्याल रहेका थिए । गत हप्ता मात्र मन्त्रालयले उनीहरूलाई बोलाएर अन्तर्वार्ता लिएको थियो । लगत्तै सञ्चार मन्त्री कार्कीले भुवनलाई नियुक्तिको लागि प्रस्ताव गरेका हुन् । भुवनले नियुक्ति पत्र बुझेर पदभार ग्रहणको विषयमा छलफल गरेर गर्ने बताए । ‘मेरो फिल्मी करियर , योगदान र मेरो लगनशीलतालाई नेपाल सरकारले मूल्याङ्कन गर्नु भएको छ। म फिल्ममा अभिनय , निर्माण तथा निर्देशन तीनै विधामा सक्रिय भएकाले फिल्मकर्मीलाई खट्केको विषयमा काम गर्नेछु’ भुवनले भने ।

खबरहबलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्ना योजनाहरूलाई सार्वजनिक गरेर नै काममा लाग्ने बताए । ‘मेरो फिल्म प्रतिको लगावकै कारण यो संस्थासम्म पुगेको हुँ । फिल्मकर्मीलाई महसुस हुने गरी कामहरू गर्नेछु’ उनले भने । उनी बेलुकी छलफल गरेर बोर्डमा कार्यभार लिने सम्बन्धमा निर्णय लिने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : १७ बजे

काठमाडौँ महानगरमा आगलागीजन्य घटना रोक्न ड्राइराइजर प्रणाली

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार