मेरो फिल्मी योगदानको कदर भयो : भुवन केसी « Khabarhub

मेरो फिल्मी योगदानको कदर भयो : भुवन केसी



काठमाडौँ- अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अभिनेता केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषद्को बैठकमा भुवनको नाम बोर्ड अध्यक्षका लागि प्रस्ताव गरेका थिए।

भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा सम्झना उप्रेती रौनियार, नरेश पौड्याल रहेका थिए । गत हप्ता मात्र मन्त्रालयले उनीहरूलाई बोलाएर अन्तर्वार्ता लिएको थियो । लगत्तै सञ्चार मन्त्री कार्कीले भुवनलाई नियुक्तिको लागि प्रस्ताव गरेका हुन् । भुवनले नियुक्ति पत्र बुझेर पदभार ग्रहणको विषयमा छलफल गरेर गर्ने बताए । ‘मेरो फिल्मी करियर , योगदान र मेरो लगनशीलतालाई नेपाल सरकारले मूल्याङ्कन गर्नु भएको छ। म फिल्ममा अभिनय , निर्माण तथा निर्देशन तीनै विधामा सक्रिय भएकाले फिल्मकर्मीलाई खट्केको विषयमा काम गर्नेछु’ भुवनले भने ।

खबरहबलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्ना योजनाहरूलाई सार्वजनिक गरेर नै काममा लाग्ने बताए । ‘मेरो फिल्म प्रतिको लगावकै कारण यो संस्थासम्म पुगेको हुँ । फिल्मकर्मीलाई महसुस हुने गरी कामहरू गर्नेछु’ उनले भने । उनी बेलुकी छलफल गरेर बोर्डमा कार्यभार लिने सम्बन्धमा निर्णय लिने बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : १७ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव