सन्दीप र सोमपालको एउटै श्वर– क्यानडामा सक्दो राम्रो खेल्छौं « Khabarhub

सन्दीप र सोमपालको एउटै श्वर– क्यानडामा सक्दो राम्रो खेल्छौं


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने र अर्का तीब्र गतिका बलर सोमपाल कामीले ग्लोबल टि–२० क्यानडा लिगमा भरपूर मेहनत गर्ने जनाएका छन् ।

बिहीबार ग्लोबल लिगको ड्राफ्टबाट छनोट भएका उनीहरुले शुक्रबार एक कार्यक्रममा क्यानडा लिग आफूहरुलाई लागि पनि निकै महत्वपूर्ण भएको भन्दै सक्दो राम्रो प्रयास गर्ने जनाएका हुन् । ग्लोबल लिगसँग नेपाली क्रिकेटरको नात गत वर्ष सन्दीप लामिछाने छनोट भएपछि जोडिएको थियो । योसँगै यो सिजनका लागि सोमपाल कामीले पनि अवसर पाएका हुन् ।

सन्दीप लामिछानेले टोरन्टो नेसनलबाट खेल्नेछन् भने सोमपालले विन्नपी हक्सबाट खेल्नेछन् । दोस्रो सिजनका लागि छनोट भएका लामिछानेले क्यानडामा आफूसँगै सोमपालले पनि खेल्न पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

‘मैले गएको वर्ष पनि खेलेको थिएँ । तर, यो वर्ष सोमपाल (दाई) पनि छनोट हुनु भएको छ । यसले मलाई आफू छनोट भएभन्दा बढी खुशी दिलाएको छ,’ सन्दीपले भने ।

यस्तै, पहिलो पटक विदेशी लिगमा आवद्ध भएका सोमपालले पनि आफ्नो करियरले नयाँ मोड अनुभुति भएको बताए । उनी पछिल्लो ५ वर्ष राष्ट्रिय टोलीमा महत्वपूर्ण खेलाडीको भूमिकामा छन् ।

जुन भूमिका उनले निभाए त्यसले नेपाली टोलीलाई पनि ठूलो सफलता दिलाएको छ । उनले क्यानडामा खेल्ने अवसर पाउँदा आफ्ना लागि केही नयाँ कुरा सिक्ने अवसर रहेको समेत बताएका छन् । सोमपालले भने, ‘क्यानडा लिग खेल्न पाउँदा मेरा लागि नयाँ अनुभव हुनेछ । त्यहाँको अनुभवलाई म राष्ट्रिय टोलीमा प्रयोग गर्ने छु जसले मलाई आगामि दिनमा अझै राम्रो गर्न सकुँ ।’

यो सिजनमा सन्दीप ६० हजार अमेरीकि डलर पारिश्रमीकमा टोरन्टोमा आवद्ध भएका हुन् भने सोमपालले ३ हजार अमेरिकी डलर पाउने छन् । एसोसियटको आइकन खेलाडीका रुपमा रहेका सन्दीप यो सिजनमा क्यारेबियन लिग र ग्लोबल लिगमा आवद्ध भइसकेका छन् ।

गएको वर्ष ग्लोबल लिग खेलेका सन्दीपको प्रदर्शन चामत्कारीक भएपछि नेपालबाट सोमपालले पनि अवसर पाएको हुनसक्ने क्रिकेट प्रेमीहरुको दावी छ भने उनी आफैमा पनि क्षमतावान खेलाडी हुन् ।

सन्दीप र सोमपाल सिंगापुरमा हुने टि–२० विश्वकप एसिया फाइनल्सबाट क्यानडा जानेछन् । नेपालले सिंगापुरमा जुलाई २०–२८ सम्म खेल्नेछ भने ग्लोबल लिग जुलाई २५ देखि शुरु हुनेछ । विश्वकप छनोटका कारण दुवै खेलाडीले क्यानडमा केही खेल गुमाउने छन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : १६ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि