पिता बने प्रशान्त  | Khabarhub Khabarhub

पिता बने प्रशान्त 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् । बुवा बनेपछि उनी सामाजिक सञ्जालमा लेख्छन् ,‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद।’ 

उनले छोरीको नाम पनि आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए । प्रशान्त भने पछिल्लो समय गायनसँगै अभिनयमा सक्रिय छन्।  नेपाली फिल्ममा ‘गोर्खा पल्टन’ बाट अभिनय गरिरहेका प्रशान्तले अभिनय गरेको पछिल्लो फिल्म ‘रदेशी २’ हो। यो उनकै अभिनय रहेको फिल्म ‘परदेशी’ को नयाँ सिरिज हो।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन