नेपाललाई प्रसुनले प्रतिनिधित्व गर्ने  | Khabarhub Khabarhub

नेपाललाई प्रसुनले प्रतिनिधित्व गर्ने 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा  विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। कक्षा ९ मा अध्ययनरत  काठमाडौंका प्रसुनजंग पोखरेलले आगामी साता थाइल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। 

कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्। देशभरका विभिन्न विद्यालयका करिव हजार जना प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछाडि पार्दै डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षीय प्रसुनले टिन स्टार इन्टरनेशनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौँ प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन्।

सौन्दर्य प्रतियोगिताको शैलीमा हुने सो अन्तराष्ट्रिय प्रतियोगितामा प्रसुनले परिचय राउन्डदेखि ट्यालेन्ट, नेशनल ड्रेसजस्ता विभिन्न चरणमा आफूलाई प्रस्तुत गर्ने बताए । प्रसुनले प्रतियोगितामा स्पर्धा गर्ने क्रममा ट्यालेन्ट राउण्डमा गीत प्रस्तुत गर्ने तथा ड्रेस राउण्डमा राष्ट्रिय पोशाकमा सहभागी भई देशलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउने तयारी गरेको बताए।

सानैदेखि गायनमा रुचि राख्ने प्रसुन विद्यालयका कार्यक्रममा गीत गाउने गर्थे। सोही क्रममा डीएसए स्टारका लागि विद्यालयमा आयोजित अडिसनमा सहभागी भएका उनी  प्रतिस्पर्धाको विजयी नै बन्न पुगेका थिए। उपाधि विजेता भएसँगै उनले साथी बोलको गीत पनि रेकर्ड गराएका छन्। जसमा उनलाई संगीत र स्वरमा टंक बुढाथोकीले साथ दिएका छन्। गीतमाथिको भिडियोमा प्रसुनले अभिनेता राजेश हमालका साथ अभिनयसमेत गरेका छन्। 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : ५२ बजे

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक