बिन्दूको तीज गीत ‘लगनको सारी’ (भिडियो) « Khabarhub

बिन्दूको तीज गीत ‘लगनको सारी’ (भिडियो)


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो तीजलाई लक्षित गर्दै संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका  ‘लगनको सारी’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् । गीतमा समसामयिक विषयवस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

सार्वजनिक गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीजभाका भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिव्यानी ओलीको शीर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरू पनि यो भिडियोमा अभिनयरत छन् ।

गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् । गीतको भिडियोमा महेश महराको छायांकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियाग्राफी रहेको छ। 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ०६ बजे

आन्तरिक एकतामा संस्थापन गम्भीर नभएको इतर पक्षको आरोप

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको आन्तरिक एकताका लागि

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि