यु २० साफ : बंगलादेशको लगातार दोस्रो जित « Khabarhub

यु २० साफ : बंगलादेशको लगातार दोस्रो जित


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु-२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २–१ अन्तरले स्तब्ध बनाएको छ ।  बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो । 

खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै अग्रता दिलाए । उनले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्स भित्रबाट सहज गोल गरे । तर, ३५औं मिनेटमा भारतका गुर्किरात सिंहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले बक्स भित्रबाट हेड गोल गरे । 

पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २–१ को जित दिलाए । भारतका डिफेन्डरले बंगलोदशका खेलाडीलाई बक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

यस अघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो । दोस्रो जितसँगै ६अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  साविक विजेता भारतको भने कुनै अंक छैन । 

बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० को नतिजामा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । नेपाल समेत लगातार दोस्रो जित निकाल्ने दाउमा छ । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ३९ बजे

सडकमा उत्रिए बिर्तामोडका सुकुम्वासी, डोजर आतंक बन्द गर्न माग

झापा- बिर्तामोडका सुकुम्वासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै बुधबारदेखि

दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुर– भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेनअधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका

एक वर्षमा छ वटा पाटेबाघ मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

एजेन्सी– मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ