झिँगेदाउको दोस्रो लिरिकल गीत : ‘ईश्वरसँग पनि’ (भिडियो)   « Khabarhub

झिँगेदाउको दोस्रो लिरिकल गीत : ‘ईश्वरसँग पनि’ (भिडियो)  


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना फिल्म निर्देशक ज्ञानेन्द्र देउजा फिल्मु ‘झिँगेदाउ’ मार्फत फिल्ममा कमब्याक गर्दैछन् । केही वर्षको विश्राम पश्चात उनले निर्देशन र निर्माणमा सक्रियता देखाएका हुन्। केही वर्षको विश्राम पश्चात सक्रियता बढाउदै गरेका निर्देशक देउजाले फिल्मको प्रचारप्रसार गीत मार्फत गरिरहेका छन् । नेपाली फिल्मको प्रचारको लागि बलियो टुल्स मानिने गीतसंगीतलाई उनले प्रयोग गरिरहेका छन्। 

पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ लोकप्रिय भइरहँदा उनले दोस्रो गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतको भिडियोमा चल अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । 

रामजी लामिछानेको कोरियाग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । यसमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । विष्णु कल्पितको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन रहेको छ। 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ३३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै