उत्तर कोरिया भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति स्वदेश फर्किए « Khabarhub

उत्तर कोरिया भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति स्वदेश फर्किए


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनका राष्ट्रपति सी जिन्पिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका छन् ।

राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । सो अवसरमा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता समेत गरेका थिए ।

दुई मुलुकबीच सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ मनाइरहेका बेला राष्ट्रपति सी उत्तर कोरिया पुगेका हुन् ।

राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणका क्रममा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी सम्झौता भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ८ : ३४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल