श्रमिकको अधिकार प्रत्याभूत गर्न कतारलाई बेलायती अधिकार समूहको आग्रह | Khabarhub Khabarhub

श्रमिकको अधिकार प्रत्याभूत गर्न कतारलाई बेलायती अधिकार समूहको आग्रह


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतस्थित एक अधिकार समूहले आगामी फिफा विश्वकपको आयोजक राष्ट्र कतारसँग श्रमिकहरुको अधिकार प्रत्याभूत गर्न आग्रह गरेको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने प्रतियोगिताका क्रममा कतारमा एक लाखभन्दा बढी आगन्तुकहरू आउने अपेक्षा गरिएको छ । यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।

श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिताअघि नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।

कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदुरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ ।

यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ । श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारको भनाइ छ ।

कतारले श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको दाबी गरेको छ ।

विश्व फुटबलको नियामक निकाय विश्व फुटबल महासंघ फिफाले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको जानकारी दिएको गरेको छ ।

इक्विडेमले बताएअनुसार सर्वेक्षणमा बङ्गलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफूहरुले उही कामको लागि अरब राज्यका नागरिकहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।

केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूलाई अत्यधिक तातो गर्मीमा काम गर्न दबाब दिइएको दाबी गरेको अधिकार समूहले बताएको छ ।

इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ बिना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौरान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ०३ बजे

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले