पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउनसक्ने भन्दै विज्ञहरुको चिन्ता « Khabarhub

पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउनसक्ने भन्दै विज्ञहरुको चिन्ता


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बढ्दो मुद्रास्फीति र खुम्चँदै गएको अर्थतन्त्रका कारण पाकिस्तानमा पनि श्रीलंकाको जस्तै अवस्था आउनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारीले उसैपनि थला परेको पाकिस्तानी अर्थतन्त्र रुस र युक्रेनबीच जारी युद्ध र विश्वभर बढ्दो उर्जाको मूल्यले अझ संकटोन्मुख भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२० को जुलाई र सन् २०२१ को जनवरी महिनासम्म पाकिस्तान तेस्रो ठूलो युक्रेनी गहुँको उपभोक्ता मुलुकको रुपमा रहेको थियो ।

यसबाहेक नेशनल इन्ट्रेस्ट म्यागजिनका अनुसार सन् २०२० र सन् २०२१ बीच पाकिस्तानको तेलको आयात लागत पछि ८५ प्रतिशतले बढेर ५ अर्ब अमेरिकी डलर पुगेको छ ।

आर्थिक वर्ष २०२१–२२ को अन्त्य अर्थात् जुन २० सम्म पाकिस्तानको व्यापार घाटा झण्डै ५० अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५७ प्रतिशतले बढी रहेको जनाइएको छ । यसबाहेक पाकिस्तानको मुद्रास्फीति पनि २० प्रतिशत पुगेको छ ।

उदीयमान बजारका लागि सिटीग्रुपका पूर्व रणनीति प्रमुख युसुफ नजारका अनुसार पाकिस्तानको विदेशी मुद्रा सञ्चिती गत फेब्रुअरी महिनायता केबल ६ अर्ब ३० करोड अमेरिकी डलर आसपास रहेको जनाएका छन् । उनले अहिले पाकिस्तानी अर्थतन्त्रले इरानजस्तै आर्थिक दबाबको सामना गरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : ३५ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले