गण्डकीमा प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित « Khabarhub

गण्डकीमा प्रदेशसभा चौथो संशोधन नियमावली बहुमतले पारित


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।

बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा (एमाले)ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताए ।

यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उनले बताए । मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उनले स्पष्ट पारे ।

चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोलेका थिए। आजको बैठकको शुन्य तथा विशेष समयमा आशा कोइराला, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, मायानाथ अधिकारी, ओमकला गौतम, मीना गुरुङ, मनकुमारी गुरुङ, हरिबहादुर चुमानलगायतले बढ्दो महँगी, बाढी पहिरोलगायतका विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ४६ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ