पानीमा डुबेर तीन जनाको मृत्यु « Khabarhub

पानीमा डुबेर तीन जनाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीमा डुबेर बिहीबार मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ । सखुवान्नाकट्टी गाउँपालिका–२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो । 

सुनसरीको बर्जु गाउँपालिका–६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित भैँसी चराउने क्रममा बूढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ४८ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी