प्रधानमन्त्री देउवा र विदेशमन्त्री लुबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र विदेशमन्त्री लुबीच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो । सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : २१ बजे

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति