प्रेस चौतारी नेपालद्वारा आन्दोलन परिचालन कमिटी गठन « Khabarhub

प्रेस चौतारी नेपालद्वारा आन्दोलन परिचालन कमिटी गठन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो । 

परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगीभ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपाध्यक्ष देविका घर्तीमगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुबेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरु हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रिय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन्।

बैठकमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महंगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिए । चौतारीको बैठकले महंगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनामूलक र जनचेतनामूलक सामग्री उत्पादन गरी प्रचार गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ०८ बजे

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार

चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार