संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज  आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे । उनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : २९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)