संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज  आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे । उनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : २९ बजे

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली