गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान « Khabarhub

गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । 

नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो । सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेको नगरप्रमुख मदनभक्त अधिकारीले बताए । उनले विपद् आउनुभन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताए । यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताए ।

यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताए। उनले यसअघि ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताए । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताए। उनले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जीउधनकाे सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गरे । चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताए । 

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १२ : २७ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी