गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान | Khabarhub Khabarhub

गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । 

नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो । सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेको नगरप्रमुख मदनभक्त अधिकारीले बताए । उनले विपद् आउनुभन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताए । यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताए ।

यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताए। उनले यसअघि ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताए । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताए। उनले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जीउधनकाे सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गरे । चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताए । 

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १२ : २७ बजे

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै

एनपी साउदको चेतावनी : कांग्रेस ०८४ का लागि तयार छैन, गुटबन्दीले संगठन बिग्रिए, पार्टी संकटमा छ

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं– कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको