काठमाडौँका डाँडामा फस्टाएको चन्द्रागिरी मोडल | Khabarhub Khabarhub

काठमाडौँका डाँडामा फस्टाएको चन्द्रागिरी मोडल

राज्यलाई राजश्व, व्यापारीलाई फाइदा, पर्यटकलाई राहत


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : इतिहासले पर्यटनको महत्व दर्शाउँछ । वर्तमानले आवश्यकता र भविष्यले संरक्षण खोज्छ । चन्द्रागिरीका बारेमा धेरै इतिहास छन् । सबैभन्दा चर्चित इतिहास चाँही पृथ्वीनारायण शाहले नेपाल एकिकरण गनुपूर्व चन्द्रागिरी पुगेर तत्कालीन समयका कीर्तिपुर, ललितपुर र भक्तपुर जित्ने इच्छा पालेका थिए ।

उनले इच्छा पालेर लामो लडाई गरेपछि जिते पनि । उपत्यका जितेर पृथ्वीनारायण शाहले गोरखाबाट राजधानी काठमाडौँ सारे । नेपाल एकिकरण विस्तार गरे । पूर्वदेखि पश्चिमसम्मका धेरै राज्य जितेर नेपाललाई एकतामा बाँधे ।

त्यो एकताको प्रतिक पृथ्वीनारायण शाह बने । जुन बाचा पृथ्वीनारायण शाहले चन्द्रागिरीमा गरेका थिए । डोलेश्वर महादेव रहेको चन्द्रागिरीमा मन्दिर छ । त्यो मन्दिर ऐतिहासिक र पृथ्वीनारायण शाहको किंवदन्तीले भरिएको थियो ।

तर पूर्वाधार नहुँदा गुपचुप मात्रै थियो । फाट्टफुट्ट पर्यटक पुग्थे । खासै प्रचार थिएन । तर व्यवसायी चन्द्र ढकालको समूहले चन्द्रागिरी डाँडोलाई आधुनिक पर्यटकीय गन्तव्यका रुपमा विस्तार गरे । अर्बौ मूल्य हालेर अष्ट्रियन कम्पनीको केबलकार जोडे ।

आज काठमाडौँ उपत्यकामा सबैभन्दा नजिक रहेको केबलकार यात्रा गर्न मानिसहरु चन्द्रागिरी पुग्ने गरेका छन् । धार्मिक महत्वका साथै घुमघाम र काठमाडौँको गर्मी तथा उकुसमुकुसबाट राहत पाउन चन्द्रागिरी पुग्ने गरेका छन् ।

तीन हजार मीटरको उचाईमा रहेको चन्द्रागिरीले अहिले लाखौँ पर्यटक आकर्षित गरेको छ । चन्द्रागिरी हिल्स कम्पनी खडा गरेका व्यवसायी ढकाललाई आर्थिक रुपमा राम्रै मुनाफा दिएको छ । त्यो भन्दा बढी काठमाडौँका डाँडाहरुमा पर्यटनको असीमित सम्भावनालाई ढकालले उजागर गरेका छन् ।

वर्षेनी डाँडाकाँडाको हावापानी, मौसम र पर्यटकका लागि एक उत्कृष्ट गन्तव्य त्यसै खेर गइरहेका बेला चन्द्रागिरी मोडलले काठमाडौँ उपत्यकाका सबै डाँडाहरुमा उत्तिकै पर्यटकीय सम्भावना औँल्याएको छ । शिवपुरी डाँडादेखि पाइलट बाबा, स्वयंम्भु डाडा एक किसीमले अब पुराना गन्तव्यका रुपमा परिचित छन् ।

यी ठाउँमा नयाँ गन्तव्यका लागि निजी क्षेत्रको लगानी आवश्यक छ । जहाँ आधुनिक प्रविधि, फरक पर्यटकीय सुविधा र नयाँ नयाँ साहसिक पर्यटन सामग्री भएको खण्डमा काठमाडौँ उपत्यका फेरि आन्तरिक पर्यटनका लागि नयाँ गन्तव्य बन्न सक्थ्यो । जसमा सरकार र निजी क्षेत्रको पनि ध्यान जान आवश्यक देखिन्छ ।

विद्युतका कारण केबलकार सञ्चालनमा चुनौति

केही दिन पहिले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका पर्यटक चढेको चन्द्रागिरी केबलकार प्राविधिक कारणले रोकिएको थियो । विजुली अनियमित हुँदा केबलकार बन्द भयो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना लगायत पर्यटकको उद्धार गर्नु परेको थियो ।

तर यो समाचार बाहिरिएपछि चन्द्रागिरी केबलकारका विषयमा अनेक समाचार बाहिर आए । शनिबार यो भ्रम चिर्न चन्द्रागिरी हिल्सका संस्थापक चन्द्र ढकाल आफैँले झण्डै सयजनाभन्दा बढी पत्रकार बोलाएर केबलकारका डब्बामा एकछिन रोके ।

जहाँ केबलकार रोकिदा कुनै त्यस्तो गाह्रो, साह्रो, अफ्ठ्यारो भएन । उल्टै पर्यटक बनेका पत्रकार फोटो भिडियो खिच्नतिर लागे । उनले यही भ्रम चिर्न पत्रकारलाई चन्द्रागिरी बोलाएका थिए । जुन उनले राम्रैसँग चिरे पनि ।

केबलकार रोकिदा कुनै किसीमको मानवीय क्षति नहुने भन्दै ढुक्क भएर चन्द्रागिरी केबलकार प्रयोग गर्न आग्रह गरे । केबलकार कम्पनी सुरक्षित रहने र केही गरि प्राविधिक त्रुटि लम्बिएको खण्डमा यात्रुलाई उद्धार गरेर रिसोर्टमा राखिने पनि बताए ।

‘तपाईले ढुक्क भएर केबलकार चढे हुन्छ । कुनै पनि प्राविधिक समस्या छैन । विश्वकै सुरक्षित कम्पनी हो’ उनले पत्रकार सम्मेलन गरेर चन्द्रागिरीमै भने, ‘एकछिन रोकिदा आत्तिनुपर्दैन । बरु चन्द्रागिरी डाँडा र काठमाडौँको दृश्य राम्रोसँग नियाल्न पाइन्छ ।’

चन्द्रागिरीमा केबलकारसँगै जीपलाइन, बच्चाहरुका लागि फनपार्क, सेल्फी स्पट, रिसोर्ट लगायतका सुविधा छन् । चन्द्रागिरीको अहिलेको पर्यटकीय दृष्टिकोण हेर्दा पर्यटकलाई राहत, व्यापारीलाई फाइदा र राज्यलाई राजश्व दिने डाँडाकाँडाको पर्यटन गन्तव्य फस्टाउन जरुरी छ ।

तर चन्द्रागिरी डाँडालाई सस्तोमा लिजमा दिने, प्रतिष्पर्धा नगराउने, पर्यावरणलाई ख्याल नगर्ने र पर्यटकमाथि केही महंगो शुल्क लाद्ने प्रवृत्ति भने सच्याउन जरुरी छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : ४३ बजे

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म

भारतीय विद्युत् मन्त्री काठमाडौंमा

 काठमाडौं– भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर

चैते धान खेतीप्रति किसानको आकर्षण

कैलाली– भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती