देशका  विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना   | Khabarhub Khabarhub

देशका  विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना  


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली भई अधिकांश भूभागमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा हुने भएको छ । साथै प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको बताइएको छ । आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरेखोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ तथा मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ०६ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।