कर्मचारीहरुले दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल « Khabarhub

कर्मचारीहरुले दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा पोखरेलले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई नभुल्न आग्रह गरे ।

उनले भने , ‘तपाईँहरू एमाले पार्टीको कार्यकर्तासमेत रहँदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस् । एक व्यक्तिले दोहोरो भूमिका निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्छ ।’

सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट हटाउन जरुरी रहेको उनको भनाइ छ ।

कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ । विसं २०७२ को महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर–टहरा बनाउने पार्टी एमाले रहेको दाबी गर्दै यस पार्टी विचारका आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहने धारणा व्यक्त गरे ।

सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आफूहरूले सो संस्था गठन गरेको भनाइ राखे ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १८ बजे

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले