‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’ « Khabarhub

‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को आठौँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा उहाँले छिमेकी मुलुक भारत तथा अन्य देशबाट घुम्न आउने पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका हुन् ।

मन्त्री रावलले होटल व्यवसायी तथा अन्य नागरिकले पनि शिष्ट भएर विदेशी पर्यटक जस्तोसुकै अवस्थामा आए पनि स्वागत, सत्कार सभ्य ढङ्गले गर्नुपर्ने बताए ।
उनले भने, ‘पर्यटन तथा होटल व्यवसाय फस्टाओस् भन्ने हो भने यी कुारामा विशेष ध्यान दिन जरुरी छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा