कैलालीमा एक वर्षामा ९ अर्ब राजस्व सङ्कलन « Khabarhub

कैलालीमा एक वर्षामा ९ अर्ब राजस्व सङ्कलन


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०७८-७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।

सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १२ : ०० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि