भूकम्प अपडेट : खोटाङमा एक घर ढल्यो, ४७ घर चर्किए | Khabarhub Khabarhub

भूकम्प अपडेट : खोटाङमा एक घर ढल्यो, ४७ घर चर्किए


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ०० बजे

जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा

हेडलाइन…दीपा र केदारले भटाभट फिल्म साइन गर्दै छक्का पञ्जा टिमका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन्

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय