भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन | Khabarhub Khabarhub

भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भारत सरकारको अनुदान सहयोगमा निर्मित तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दिपक माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ने.रु२ करोड १ लाख ९० हजारको लागतमा उक्त भवन निमार्ण भएको थियो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ३८ बजे

रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति

विदेशको काम छाडेर गाउँमै बाख्रापालन 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफल डाँडाका जगबहादुर फगामी

पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा