अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्रको उपहास : युथ काँग्रेस « Khabarhub

अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्रको उपहास : युथ काँग्रेस


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादीका नेता जनार्दन शर्मालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेकोमा युथ काँग्रेस नेपालले विरोध जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै युथ काँग्रेसले अर्थमन्त्रीमा जनार्दन शर्माको नियुक्ति लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको जनाएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले जनार्दन शर्मालाई सफाइ दिए सँगै प्रधानमन्त्री देउवाले शर्मालाई पुनः अर्थमन्त्रीका रूपमा नियुक्त गरेको थिए ।

युथ काँग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमिल्सिनाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यो लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास हो। कानुनका मान्य सिद्धान्त र प्राकृतिक न्यायको सिद्धान्तलाई चुनौती दिने गरी गठन गरिएको संसदीय विशेष समिति र त्यस समिति मार्फत अर्थमन्त्रीलाई चोख्याउन रचिएको नाटक सरकार र सत्तारूढ दलहरूको असंवेदनशीलताको पराकाष्ठा हो। ’

साथै विपक्षी दल नेकपा एमालेले यस्तो संवेदनशील मुद्दालाई एम अधिकारीको मुद्दा संग दाँजेर अङ्गीकृत गरेको ओरोप समेत लागएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ३० बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।