संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ : माधव नेपाल « Khabarhub

संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ : माधव नेपाल


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।’

अध्यक्ष नेपालले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिए । उनले कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरू सक्रिय हुनुपर्ने बताए ।

आज उद्घाटन गरिएको पालशाक्य बौद्व गुम्बाको संरक्षण तथा संवर्द्धनका लागि सबैको योगदान अपरिहार्य रहेकोसमेत उनले आग्रह गरे । डोटीको बुडरमा रहेको प्रसिद्ध छहरा झर्नासमेत अध्यक्ष नेपालले आजै अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ५५ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र