दयाहाङ राई भन्छन् – ‘आप्पा’ ले छोरासँगको सम्बन्ध महसूस गरायो « Khabarhub

दयाहाङ राई भन्छन् – ‘आप्पा’ ले छोरासँगको सम्बन्ध महसूस गरायो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ मा दयाहाङ राई बुबाको भूमिकामा देखिएका छन् । बाबुछोराको सम्बन्धमा आधारित यो फिल्मको रिलिजअघि चर्चा छ । फिल्ममा सिद्धार्थराज तामाङ, अलोना लेप्चा लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ । अझ अर्को कुरा त यो फिल्म नेपालसहित भारतका केही हलमा पनि रिलिज हुने भएको छ ।

यसैबीच अभिनेता दयाहाङ राईले यो फिल्मको छायांकन हुँदा बेला आफ्नो छोरालाई कति गर्न सकिरहेको रहेछु भन्ने बोध गराएको बताए । ‘हुन त फिल्ममा अभिनय गरेको आधारमै हाम्रो लामो समयदेखिको बानी हट्छ भन्ने छैन, तर छोराप्रतिको माया चाहिँ यो फिल्मले महसूस गरायो’, दयाहाङ राईले भने ।

साथै दयाहाङले आफू इमेलमा पठाएको भ्वाइस स्किृप्ट सुनेर फिल्म राजी गर्न तयार भएको बताए । ‘मैले यो फिल्म भ्वाइस स्किृप्ट सुनेर गर्ने निर्णय गरेको थिएँ, आवाजमा फिल्म सुन्दा नै फिल्मले मलाई बाँधेर राख्यो, नोस्टाल्जिक बनायो,’ उनले सुनाए ।

अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्रले एउटा सामान्य रोमान्टिक कथालाई विषयवस्तु बनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ५१ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली