बैतडीका सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने « Khabarhub

बैतडीका सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको यस जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि ठाउँ पहिचान गरी निर्माणको जिम्मा दशरथचन्द नगरपालिकाले लिने निर्णय भएको छ । 

कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, स्थानीय तहमा क्वारेन्टिनआइसोलेशन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको छ । यस्तै भारतबाट झुलाघाट नाका भई स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा ती नागरिकलाई सम्बन्धित स्थानीय तहमा पुर्‍याउन सामूहिक कोष स्थापना गर्ने निर्णय भएको छ । सो कोषमा प्रत्येक स्थानीय तहबाट तत्काल ५० हजारका दरले रकम जमा गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको छ । 

जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार स्तरोन्नति गरेर सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले संकलन गरेको विपद् प्रभावितको तथ्याङ्कलाई स्वीकृत गर्दै पुनःनिर्माण र पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको छ । 

बैठकले  दशरथचन्द–५ का देवराम लुहारको परिवारलाई तत्काल राहतस्वरुप १५ हजार दिने निर्णय गरेको छ । अविरल वर्षाका कारण देवरामको घर यही साउन ११ गते पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।  

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : २४ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव