मनाङमा ५५ करोड ३३ लाख बजेट फ्रिज « Khabarhub

मनाङमा ५५ करोड ३३ लाख बजेट फ्रिज


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष ०७८/७९ मा कुल बजेटको ५५ करोड ३३ लाख अर्थात् २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभई फ्रिज भएको  छ । कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाका अनुसार ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ ।

मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कुल दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो । एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजित कुल बजेट ७३ करोड ४० लाख ४९ हजारमध्ये  ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कुल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । संघीयतर्फको कुल चालू बजेट ६४ करोड नौ लाख ४६ हजारमध्ये ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उनले बताए ।  

कुल चालू खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । संघीय पुँजीगत बजेट ९३ करोड एक लाख दुई हजारमध्ये ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कुल बजेट ६४ करोड दुई लाख ७१ हजारमा ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ । कुल बजेटको यो ७६ दशमलव १८ प्रतिशत खर्च हो । 

प्रदेशतर्फको कुल विनियोजित बजेटमध्ये चालुतर्फ २१ करोड ६८ लाख चार हजार बजेटमा १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पूँजीगततर्फ ४२ करोड ३४ लाख ६७ हजार बजेटमा ३६ करोड ५७ लाख ९४ हजार अर्थात् ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ । 

आर्थिक वर्ष ०७८/७९ मा मनाङका चार स्थानीय तहले कुल बजेट र एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् । यो कुल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चार स्थानीय तहले चालुतर्फ ५८ करोड ५७ लाख बजेटमा ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पूँजीगततर्फ ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।

भौगोलिक विकटताका साथै पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीमा भएको अधिक मूल्यवृद्धिले गर्दा विकास निर्माणकार्यमा साविकमा भएको सम्झौताअनुसारको काम निर्माण व्यवसायीले गर्न इच्छुक नसक्दा बजेट खर्च हुन नसकेको कोष नियन्त्रक सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क