नेप्से परिसूचकमा सामान्य वृद्धि | Khabarhub Khabarhub

नेप्से परिसूचकमा सामान्य वृद्धि


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ ।

नेप्सेमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ ।

उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो । बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत् १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अंकले उकालो लाग्यो । यस्तै, होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अंकले उकालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७एचआइडिसिएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ५.२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए । 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ०७ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको