सर्लाहीमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला « Khabarhub

सर्लाहीमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ०५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल