खोलाले बगाउँदा किशोरीको मृत्यु « Khabarhub

खोलाले बगाउँदा किशोरीको मृत्यु


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये घोराही उपमहानगरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिका बंगलाचुली मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ४४ बजे

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत