राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख « Khabarhub

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्षउन्मुख भएको छ।

समितिको बुधबार बसेको बैठकमा विधेयकको दफा २४ देखि अन्तिम दफासम्म छलफल भएको हो। समितिका सचिव दशरथ धमलाका अनुसार विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम, कर्तव्य तथा अधिकारलगायतका विषयमा संशोधनसहित छलफल गरी आवश्यक निष्कर्ष निकालिएको छ।

कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी प्रावधानमा विधेयकले प्रस्ताव गरेको शैक्षिक योग्यताका अतिरिक्त जातीय विभेद तथा छुवाछुतको व्यवहार नगरेको व्यक्ति हुनुपर्ने व्यवस्था यसअघि नै समितिले थप गरेको थियो।

विधेयकमाथि सांसद लीमा अधिकारी (आचार्य), अशोकुमार चौधरी र गोपाल शर्माले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन तथा छलफलका क्रममा उठेका विभिन्न विषयबारे विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जवाफ दिएका थिए ।

समितिले विधेयकका बाँकी प्रावधानमाथिको छलफललाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ५ : १० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र