शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य « Khabarhub

शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उनले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ । विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गरे ।

पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको बताउँदै विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्थाका लागि स्थानीय सरकारसँग आगैह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ४३ बजे

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत