काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् ।
सोमबार सामाजित सञ्जालमार्फत थापाले दलहरुको विकल्प दलहरु नै भएको बताएका हुन् । उनले अहिलेको संरचनामा सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ।दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ।जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प छैन।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया