कर्णाली प्रदेश सभा : महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेश « Khabarhub

कर्णाली प्रदेश सभा : महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेश


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९’ प्रदेशसभाको बैठकमा पेश गरेका छन् ।

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि उक्त प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदन छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउन सभामुख राजबहादुर शाहीले सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिए ।

सभामुख शाहीले समय दिएसँगै प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले यसअघि कर्णाली प्रदेश सरकारका तर्फबाट सभामा पेश भएको ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५, संशोधन प्रतिवेदनसहित सभामा पेश गरे ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफलका लागि सभामा प्रस्ताव गरे ।

प्रदेशसभा सदस्य दल रावलले छलफलमा भाग लिँदै जिल्ला र कर्णाली प्रदेश खेलकुद परिषद् सदस्यका लागि जिल्लाका लागि छैटौँ र प्रदेश सदस्य सचिव ११औँ तह हुनेगरी राखिएको संशोधनको समर्थन गरे ।

छलफल समाप्त भएसँगै सभामुख शाहीले उक्त विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टा प्रारम्भ भएको प्रदेशसभा सदस्यलाई जानकारी गराए । प्रदेशसभाको अर्को बैठक यही साउन १८ गते बुधबार अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ४१ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि