कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव | Khabarhub Khabarhub

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन् ।

एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्ष देखि प्रेममा रहेको बुझिएको छ । थ्री नेसन्स कप जित्दा दुई  जना एकै साथ दशरथ रंगशालामा देखिएका थिए ।

टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजन २०२२ को उत्कृष्ट गोलरक्षक चुनिएका हुन् ।

किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रो पटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो । एक खेलमा हार बेहोर्‍यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : ५७ बजे

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको