विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि खेलाडी छनोट « Khabarhub

विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि खेलाडी छनोट


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरुलाई क्रमशः  ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद रकम पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिए ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरूले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगतमा  विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवर्द्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे । कार्यक्रममा विश्व कप क्यारेम एसोसिएशनका महासचिव विवेक देशनारायण, बङ्गाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसिएशन पश्चिम बङ्गालका सचिव सञ्जीव धोस लगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने  विश्वास व्यक्त गरे ।

अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिइन् । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : ०१ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न