अमेरिकामा अवैध बसोबास गरिरहेकामाथि व्यापक धरपकड हुने | Khabarhub Khabarhub

अमेरिकामा अवैध बसोबास गरिरहेकामाथि व्यापक धरपकड हुने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरीले मुलुकका १० शहरमा बसोबास गर्दै आएका अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियानलाई तीब्र पार्ने भएको छ ।

आइतबारबाट २ हजारभन्दा धेरै अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियान शुरु गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतले अमेरिका छाडेर जान आदेश दिएपनि अटेर गरी अमेरिकामै बसिरहेका आप्रवासीलाई लक्षित गरी उक्त कारवाही गर्न लागिएको जनाइएको छ ।

यसअघि गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका दशौं लाख आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : २४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार