बाँसुरीले चलेको जीवन | Khabarhub Khabarhub

बाँसुरीले चलेको जीवन



काठमाडौं- दैवज्ञराज न्यौपानेको किसान कवितामा एउटा हरफ छ, ‘नगरी काम पुग्दैन खाना साँझ र बिहान ।’ यसको सार हो, काम नगरी खान लाउन पुग्दैन । त्यसैले मानिसहरु जीविकोपार्जनका लागि दिनरात, घामपानी नभनी आफ्नो कार्यमा खटिएका हुन्छन् । यसरी नै जीविकोपार्जनका लागि ४ दशकदेखि हरेक दिन खटिइरहेका व्यक्ति हुन् मोहमद युनिक शाह ।

जन्मथलो भारत भएपनि उनको कर्मथलो चाहिँ नेपाल भएको छ । मोहमद ७ वर्षको उमेरमै जन्मभूमि छोडेर काठमाडौं छिरेका थिए । शुरुमा साथीको साथमा उनी काठमाडौं आएका थिए । ‘त्यसबेला साथीहरुले काठमाडौं जाऔँ भने आइहालेँ, अहिले त नेपालसँगै माया पिरती बसिसक्यो, छोडेर कहाँ जानु ?’ उनले नेपालप्रतिको माया भाव प्रकट गरे । ‘पढाई गर्ने उमेरमा काम खोज्दै आएको थिएँ’ मोहमदले भने, ‘पढ्न नजान्ने मान्छेले के जागिर खानु ?’ उनी कामको खोजीमा भौतारिन थाले ।

कामको टुंगो थिएन । यही क्रममा उनले काठमाडौंको इन्द्रचोकमा आफ्नै उमेरका बालकहरुले बाँसुरी बेचेको देखे । त्यसलगत्तै उनले पनि बाँसुरी बेच्ने सोच बनाए । भारतको बनारसबाट मुरली र बाँसुरी ल्याएर बेच्न सुरु गरे । उमेर सानै भए पनि चलाख उनले शहर जसरी चल्दै गयो त्यसै गरी आफुलाई पनि चलाए । शहरमा उनका आफन्त थिएनन् । त्यसैले पनि उनको जीवन संघर्षपूर्ण रह्यो ।

काठमाडौंमा ५ वर्ष बाँसुरी बेचेपछि उनी घर फर्किए । कलिलै उमेरमा काठमाडौं छिरेका उनी घर फर्किदा किशोर अवस्थाका थिए । घर पुगेर उनले विवाह गरे । विवाहपछि फेरि उनी पुरानै पेशा बाँसुरी बेच्न काठमाडौं आए ।

४ दशकअघि आजको अवस्था थिएन । दिनमा २० वटासम्म बाँसुरी बेचेका छन् मोहमदले । तर अहिले पहिले जस्तो छैन । बाँसुरी बजाउनेहरु अस्ताउँदै गइसके दिनमा ५ वटा बेच्न पनि मुस्किल जस्तै छ ।

‘त्यो बेला व्यापार पनि राम्रै हुन्थ्यो’ उनी भन्छन्, ‘महिनामा १ लाखसम्म कमाउथेँ ।’ तर अहिले उनको व्यापार उकालो होइन आरोलो लागेको छ । उनको व्यापार ओरालो लाग्नुको पछाडि सूचना र प्रविधिमा आएको विकास हो । अहिले हरेक मान्छेको हातमा स्मार्ट फोन हुन्छ । मोबाइल फोनमा रमाउँन अव्यस्त हुन थालेका मानिसहरुलाई अहिले उनको बाँसुरी नजिक आउन त्यति रुचाउँदैनन् ।

बाँसुरीको लाइभ धुन सुन्ने भन्दा पनि मानिसहरु आफ्नो रुचीअनुसारको संगीत सुन्नमै व्यस्त हुन्छन् । यसको असर उनको व्यापारमा परेको छ । व्यापार ओरालो लागेपनि उनलाई खान र बस्न भने यो पेशाले पुगेकै छ । ‘पहिलेजस्तो अहिले व्यापार छैन । तैपनि दैनिकी चलाउन पुगेकै छ ।’ लामो श्वास फेर्दै भन्छन्, ‘आफु मात्र कहाँ हो र ? ५ जनाको परिवारसमेत पालिरहेको छु ।’

हरेक दिन उनी इन्द्रचोकमा बाँसुरीको साथमा भेटिन्छन् । हातमा लामो लठ्ठी । लठ्ठीको माथि विभिन्न थरिका बाँसुरी र मुरली अड्याइएको । हातमा पनि आठ-दश वटा बाँसुरी हुन्छ । इन्द्रचोकभित्रै डेरा लिएर बस्दै आएका उनी बिहान ९ बजे बाँसुरी बोकेर सडकमा निस्किन्छन् । दिभरी सडकमै उभिन्छन् । कहिले सडकको चिसो भुँइमा टुसुक्क बस्छन् । साँझ ७ बजेपछि दिनभरीको थकानसँगै उनी डेरातिर लाग्छन् । उनले इन्द्रचोककै सडकमा मुरली र बाँसुरी बेच्न थालेको ४० वर्ष पुगिसकेछ । ‘७ वर्षको उमेरदेखि यहीँ सडकमा मुरली बेचेर बसिरहेको छु’ उनी भन्छन् ।

बोल्ने क्रममा नगर प्रहरीको टोली आयो । उनी दौडिदैँ इन्द्रचोकको गल्लीतिर पसे । केही समयपछि पुनः इन्द्रचोक आइपुगे । ‘के गर्नु, व्यापार गर्नै पर्‍यो’ खिस्स हाँस्दै उनले भने । उनको लठ्ठीमा २ सय ७५ वटा बाँसुरी र मुरली थिए । १ सयदेखि ४ सय रुपैयाँसम्ममा मुरली र एक हजारदेखि ४ हजारसम्मका बाँसुरी बेच्ने गरेका छन् उनले । दैनिक ५ वटासम्म मुरलीबेच्ने गरेको उनले सुनाए । ४ दशकअघि आजको अवस्था थिएन । दिनमा २० वटासम्म बाँसुरी बेचेका छन् मोहमदले । तर अहिले पहिले जस्तो छैन । बाँसुरी बजाउनेहरु अस्ताउँदै गइसके दिनमा ५ वटा बेच्न पनि मुस्किल जस्तै छ ।

नेपालका ग्रामिण भेगमा बाँसुरी बनाउने बाँस, निगालो, नर्कट प्रशस्तै पाइन्छ । गाउँघरतिर आफैँले बाँसुरी खोपेर बनाउने र बजाउने चलन अझै पनि छदैँछ । तर उनीहरुले पूर्वी नेपालसँग सीमाना जोडिएको भारतीय राज्य असाम, सिलगुढीबाट बाँस ल्याउने गर्छन् । त्यसबाट कलात्मक मुरली र बाँसुरी तयार पार्छन् भने कतिपय तयारी अवस्थाकै बाँसरी किनेर ल्याउँछन् ।

‘जे काम गरेपनि सन्तुष्ट हुन सकेमा त्यसमै खुसी मिल्छ’ मोहमदले भने, ‘अझ म त बाँसुरी बेचिरहेको छु, तर पनि सन्तुष्टि मिलेको छ ।’ विदेशी पर्यटक र मुरली तथा बाँसुरीका पारखी नेपालहरु उनका ग्राहक हुन् ।

चार दशकसम्म एउटै पेशामा टिकिरहनुले उनले जति मेहनत गरे त्यसअनुसार केही कमाए भन्ने कुराको पनि पुष्टि गर्छ । इन्द्रचोकमा उनी घुमिरहँदा उनका बाँसुरीहरु पनि उनीसँगै घुमिरहने छन् । हरेक दिन एउटा मुरली वा बाँसुरी एक जना ग्राहकको पर्खाइमा हुँदा मोहमदको आफु र परिवार पाल्ने सपना पनि पूरा हुँदै गरेको हुन्छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : २९ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको