जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनबारे पत्रकारलाई तालिम  « Khabarhub

जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनबारे पत्रकारलाई तालिम 


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको हो । हलेसी तुवाचुङ नगरपालिकास्थित होलेसुङ रिसोर्टमा सोमबार र मंगलबार आयोजित तालिममा खोटाङका १९ र ओखलढुंगाका १० पत्रकारको सहभागीता थियो ।

खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशील जीविकोपार्जन आयोजना सञ्चालन गरिरहेको आयोजनाले पत्रकारलाई सहभागी गराएर तालिमको आयोजना गरेको हो । तालिममा सहभागी पत्रकारलाई जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना बारे जानकारी दिनुका साथै विकास पत्रकारिता, पत्रकारितामा जलवायु परिवर्तन र जलाधारको विषयवस्तु, फिचर लेखन लगायतका बारेमा जानकारी दिइएको छ । तालिमको अन्तिम दिन आयोजना सञ्चालन भइरहेको मंगलटार र दुर्छिममा पत्रकारलाई फिल्ड भिजिटमा लगिएको छ । चार समूहमा फिल्ड भिजिटमा गएका पत्रकारले समुहगतरुपमा फिचर समाचार तयार पारेर प्रस्तुत गरेका थिए ।

दूधकोशीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशील जीविकोपार्जन आयोजना सञ्चालन भइरहेको छ । आयोजनाले दुई जिल्लाका ८ स्थानीय तहका ५१ वडाका करिब ८४४ वर्गकिलोमिटर ओगटेको आयोजनाका अनुगमन, मूल्यांकन, रिपोर्टिङ तथा सञ्चार अधिकृत सञ्जय परियारले बताए ।

आगामी १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो । जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तिको सुरक्षा गर्दै उनीहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र बिश्व वातावरण कोषको संयुक्त सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना सुरु गरिएको हो । वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ ।

खोटाङको पश्चिमी ढाल (दुधकोसी, रावाखोला, तापखोला) तथा ओखलढुंगाको पूर्वी ढाल (दुधकोसी, ठोट्ने खोला) भित्रको क्षेत्रलाई दुधकोसी जलाधार क्षेत्र मानिन्छ । आयोजनाका लागि विश्व वातावरण कोष (एलडिसिएप), यूएनडिपी र नेपाल सरकारको संयुक्त लगानी छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०४ बजे

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज

कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्‍यो अस्वीकार

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि