‘मनभित्रबाट प्रेम छ भने हत्या हिंसाको अन्त्य हुन्छ’ | Khabarhub Khabarhub

‘मनभित्रबाट प्रेम छ भने हत्या हिंसाको अन्त्य हुन्छ’

'विद्यालयमा योग कक्षा चलाउँदा हिंसाका घटना घट‍्छन्'



पछिल्लो समय मुलुकभर आपराधिक घटनाहरु मौलाइरहेका छन् । हत्या, हिंसा, बलात्कार, लागूपदार्थ दुर्व्यसनीका घटना क्रमिक रुपमा बढ्दो छन् । यसै साता काठमाडौंमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । पारिवारिक कलहले श्रीमानले परिवारका सदस्यको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । यस्ता घटनाले समाजमा नकारात्मक असर पार्दै गएको छ । समाजमा किन यस्ता खालका समस्या बढिरहेका छन् ? मान्छेले किन आफ्नो आवेगलाई कन्ट्रोल गर्न सकेको छैन ? यी र यस्तै समस्या वरिपरि रहेर स्वामी योगानन्दसँगको खबरहबकर्मी चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

दिनप्रतिदिन मानिसहरूमा हत्या हिंसा बलात्कार लगायतका मनोवृति बढिरहेको छ, किन यस्तो भइरहेको होला ?

मानव इतिहासलाई अध्ययन गर्ने हो भने यो आजको मात्र समस्या हैन । पहिलो, मानव जुन छ त्यो आफैमा हिंस्रक प्रकृतिको छ । किनभने मानव जनावरबाट विकसित भएको हो । प्रकृतिले नै मान्छे जन्मिँदा कोही रिसाहा, कोही दयालु बनाएको हुन्छ । कोही जन्मिदा नै लोभी छ भने त्यो जन्मबाट नै ल्याएको हो । दोस्रो, जन्मको संस्कार कस्तो परिवारमा हुर्केको छ, स्कुलको अवस्था कस्तो छ त्यो कुरमा पनि भर पर्दछ ।

तेस्रो, त्यो व्यक्ति बसेको समाजमा निर्भर रहन्छ । यो समस्या जबसम्म मानवको भित्री मन शान्त हुँदैन । लोभ, हत्या, हिंसा लगायतका चिजहरू जबसम्म शान्त हुँदैन, तबसम्म यो कुनै न कुनै रूपमा चलिरहन्छ । हरेक व्यक्तिमा यो हुन्छ । कुनै न कुनै दिन बाहिर निस्कन्छ ।

पछिल्लो समय घटेका घटनामा शिक्षा र समाजले कस्तो भूमिका खेलेको छ ?

हाम्रो शिक्षा एकोहोरो रूपमा पहिलो हुने र गुलाम बनाउने प्रवृत्तिको छ । सानो कक्षामा नै विद्यार्थी प्रथम होस् भन्ने धारणा अभिभावकको र हरेकको चाहना हुन्छ । जो प्रथम हुँदैन, त्यो पनि किन भएन भनेर पीडित हुन्छ उसले भनेको कसैले मान्दैन । समाजले पनि सबैले आनन्दित जीवन बिताउनुपर्छ भनेर सिकाएको छैन । आफूले आफूलाई सफल बनाउन प्रयास गरौँ तर आफूले भनेको कुरा सफल भएन भने कुनै चिन्ता नलेऊ भन्ने शिक्षा काहीँ छैन । चेतनशील मान्छेहरूले ध्यानलाई योगलाई आफ्नो जीवनमा ल्याउन सुरुवात गरेका छन् तर समग्र समाजमा यो शिक्षा छैन । त्यसैले दुख, पीडा कहाँ फाल्ने त ? आखिर कुनै न कुनै माध्यमबाट बाहिर त आउँछ । यो आचरणहरू बोलेर मात्र आउँदैन यसलाई त व्यवहारिक पाटो स्कुल, कलेज, हरेक अफिसहरूमा पनि मेडिटेसन योगलाई जीवनको अङ्ग बनाउनै पर्दछ । नत्र भने यो संसार यस्तै नै रहन्छ ।

हिंसाका घटनाहरु धेरै बढेका छन् । यसमा राज्यको पनि केही भूमिका रहन्छ ?

समाजको छाप परेको हुन्छ । राज्यले स्कुल कलेज खोलेर राजस्व पनि उठाएको छ । डाक्टर, इन्जिनियर, जनशक्ति उत्पादन गरेको छ तर त्यो अनुसारको रोजगार छैन । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमा प्राविधिक सामान्य तालिम दिने र खाडी मुलुकमा पठाउने मात्र सिस्टम छ । यसमा राज्य, समाज सबैको भूमिका रहन्छ । राज्यले नैपालमा नै रोजगारी कसरी दिने, रिस राग कसरी हटाउने भनेर प्रयास गरेका छैनन् । व्यक्ति आफैले पनि सचेत हुनुपर्छ । अवसरका लागि आफै अगाडि बढ्नुपर्दछ ।

रिस राग हटाउने उपाय ?

यो रिस राग भनेको एउटा ऊर्जा हो । हरेक कुरामा हुने उर्जा । कामवासनामा हुने उर्जा, खाना खाँदा, काम गर्दा सबै त्यही उर्जा हो । तर त्यसलाई कामका आधारमा विभाजन गछौँ । त्यसलाई मेडिटेसन भन्छौँ । न्युटनले पनि ऊर्जा न नष्ट गर्न सकिन्छ, न बनाउन सकिन्छ बरु यसलाई परिवर्तन गर्न सकिन्छ भनेका छन् ।

रिस र आवेगसँग अहिले नकारात्मकता पनि बढेको छ । त्यो रिसलाई सही रुपले परिवर्तन गर्न सक्यो भने ध्यानमा, प्रेममा, करुणामा बदलिन्छ । तर नकारात्मकतातिर गयो भने हत्या, हिंसा बढ्छ । राम पनि हामीभित्रै छ । र रावण पनि हामीभित्र नै छ ।

मनको चित्तको वृत्तिहरू (हत्या, हिंसा) लाई शान्त गर्ने कुरा नै योग हो भनेर पतञ्जलिले भनेको छ । यसमा अष्टाङ्ग (ऐन, नियम, आसन, प्रणायम, प्रचायामि, धर्मा, ध्यान, समर्पण) ले प्रभाव पार्छ ।

ऐन भनेको आफू जागरूक हुनुपर्‍यो । नियम भनेको त्यो व्यायामका लागि आफूले आफूलाई एउटा अनुशासनमा राख्नपर्‍यो । आसन यसमा जुन सुकै योगहरू गर्नु पर्दछ । प्रणायम यो श्वासको स्थिति, प्रचायामि भनेको आफूभित्र पनि यो समस्या छ है भनेर स्वीकार गर्नुपर्छ । यी कुराहरू गरेर पनि उपचार गर्न सकिन्छ । यो हरेक स्कुलमा योगको कक्षा सञ्चालन गर्नुपर्दछ । सानैदेखि नै यो योगका विषयमा पठनपाठन गराउनु पर्दछ ।

आर्थिक रूपमा समस्या हुँदा कुनै पारिवारिक सम्बन्ध राम्रो भएन, रोजगारी भएन, शिक्षा भएन, पढाइ लेखाइ भएन भन्ने समस्या छन् यो कसरी पार लाग्ला त ?

पहिले संतोषम् परम् सुखम् गीतामा पनि भनिएको छ । कर्म गर तर फलको आशा नगर भनेको छ । यो कुरालाई व्यवहारमा ल्याउन सक्नुपर्‍यो । मेहनत गर्ने तर सफल भयो भने त राम्रो भएन भने पनि त्यो एउटा प्रयास हो भनेर सन्तोष मान्नुपर्‍यो । नियमित रूपमा योगा ध्यान गर्ने । कसैको रिस राग नगर्ने ।

भित्रबाट नै प्रेम सम्बन्धको भावना विकास जागृत गराउने । भित्रबाट नै प्रेम सम्बन्ध छ भने यो हत्या हिंसाको अन्त्य हुन्छ । जबसम्म हाम्रो चित्तलाई वृद्धि गरिँदैन, योग ध्यान गरिँदैन । तबसम्म यो बाहिरको प्रेम, हत्या हिंसा सधैँ संसारमा रहन्छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : १९ बजे

लेखक बज्राचार्यको ‘स्तूप र चैत्य’ पुस्तक परिमार्जनसहित प्रकाशित

काठमाडौं– लेखक सुमति बज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ परिमार्जनसहित

बैंककमा ओली र मोदीबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ)

चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंमा विरोध जुलुस निकालेको

एकीकृत समाजवादी सल्यान अध्यक्षमा गौतम

सुर्खेत– नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम निर्वाचित