बेपत्ता भएका दिलकुमार सुनारको शव फेला « Khabarhub

बेपत्ता भएका दिलकुमार सुनारको शव फेला


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो ।  

वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए ।

सुनारको शव आज बिहान कपिलधामभलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु