प्रचार अभावले ओझेलमा चंखेली हिमाल | Khabarhub Khabarhub

प्रचार अभावले ओझेलमा चंखेली हिमाल


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

स्व. राजा वीरेन्द्रले २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली एक रुपैयाँको नोटमा अंकित गरेकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घण्टा पैदल यात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहरोमा होटेल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ५७ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित