भ्रष्टाचारविरुद्ध कालोपट्टिसहित राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर) « Khabarhub

भ्रष्टाचारविरुद्ध कालोपट्टिसहित राप्रपाको विरोध प्रदर्शन (फोटोफिचर)


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले काठमाडौँसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सूत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको सङ्घर्षमा होमिएको छ । यसअघि राप्रपाले १३-३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो । ११ साउनदेखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारीमा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठन लगायत महङ्गी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सूत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग पूरा गराउन दबाबमूलक कार्यक्रम जारी रहेको उनले बताए । 


प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : ४८ बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार