काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साझँ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट २ जना
मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
श्रीमान् श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतङ्कवादी संगठनमा रहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । सबै जहाजको यात्रुमा पुन चेकजाच गरिपछि मात्रै उनीहरुलाई विमानमा चढाइने छ ।
नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा रहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताए । मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजको प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएपछि विमान पुन रोकिएको हो ।
२. सभामुख सापकोटाविरुद्धकाे मुद्दा पुन स्थगित
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । पाँच न्यायाधीशको संवैधानिक इजलासमा अन्तिम फैसलाको सुनुवाइ कुरेर बसेको सो मुद्दा अदालतकै तर्फबाट स्थगितको सूचीमा परेको हो ।
सापकोटाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । आज नियमित संवैधानिक इजलास बस्नुपर्नेमा गठन नहुँदा मुद्दा स्थगित भएको हो ।
सो मुद्दाको पछिल्ला ६ पेसी निरन्तर रुपमा स्थगित हुँदै आएका छन् । अन्तिम पटक २०७६ असार २५ गते सापकोटाको मुद्दामा आदेश भएको थियो।
३. राष्ट्रिय अनुसन्धान विभाग गृहमै फर्किनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै फर्किनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको आजको छलफलमा बोल्दै उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृहमन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका हुन् ।
विधेयकमाथिको शंसोधनकर्ता समेत रहेका थापाले विधेयकको दफा चारमा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै रहनुपर्छ भन्ने नेपाली कांग्रेसको पूर्ववत् निर्णयबाट पछि नहट्ने उल्लेख गरे ।
कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकबाट पनि यही निर्णय भएको थापाले बैठकमा बताए ।
४. भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रर्दशन
राप्रपाले काठमाडौँसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ । पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा आज कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले गत असार १ गते विभिन्न २२ सूत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको सङ्घर्षमा होमिएको छ । यसअघि राप्रपाले असार १३ देखि ३१ सम्म पहिलो चरणको संघर्ष गरेको थियो ।
साउन ११ देखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारीमा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
५. राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज राजदूत एन्टिनेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार बिदाइ भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल म भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
६. भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै
जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू अब छिट्टै जापान जान पाउने भएका छन् ।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।
नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।
७. नेप्से परिसूचकमा सामान्य गिरावट
शेयर बजार नेप्से परिसुचक आज पनि सामान्य घटेको छ । नेप्से आज ६.७१ अकंले घटेर २ हजार १ सय ८६.७७ विन्दुमा पुगेको हो ।
आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार ७ सय ६ कित्ता शेयर चार अर्ब दुई करोड ९९ लाख ४ हजार २ सय ५१ रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज व्यापार, जलविद्युत् माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
८. चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु
चीनको दक्षिणपूर्वी जियान्सी प्रान्तको एक बाल गृहमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आज बिहान १० बजे एन्फु काउन्टीको निजी बाल गृहमा सो हमला भएको थियो ।
मास्क लगाएका ४८ वर्षीय संदिग्ध सो बाल गृहमा प्रवेश गरेर चक्कु प्रहार गरेका थिए । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।यद्यपि मारिनेमा को थिए भन्नेबारे प्रहरीले केही खुलाएको छैन् ।
९. अमेरिकाले ताइवानको साथ छाड्दैन : अमेरिकी सभामुख पेलोसी
ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्याइन् ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्याएकी हुन् । चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाएकी छिन् ।
महत्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यबाद ज्ञापन गरिन् । साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थियो । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिनुभएको थियो ।
जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा हेर्दै आएको छ, जसलाई ताइपेइले अस्वीकार गर्दै आएको छ ।
१०. साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोली भोलि स्वदेश फर्किने
भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली . भोलि दिउँसो नेपाल फर्कने जनाएको छ ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो ।
प्रतिक्रिया