ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा « Khabarhub

ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत दुई सय ६३ चालक कारबाहीमा परेका छन् ।

काठमाडौँउपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने दुई सय ६३ चालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको विशेष जाँच अभियानमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स पाँचवटा र अन्य सवारीसाधन एक सय ८७ वटालाई कारबाही गरिएको जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने सात चालकलाई कारबाही गरिएको छ । तीमध्ये दुई जना स्कुल बसका चालक रहेका छन् । कार्यालयका अनुसार सानो भ¥याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरी स्कुलको प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यानका चालक वीरेन्द्र तामाङ र बाँनियाटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्लिस हायर सेकेण्डरी स्कुलको बा २ क ६५७ नम्बरको बस चालक खीमप्रसाद पुनलाई कारबाही गरिएको हो ।

पक्राउ परेका विद्यालय बसका चालकलाई आवश्यक कारबाही गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रवक्ता भट्टले बताए । यस्तै पानी बोक्ने तीन र अन्य दुई सवारी साधनका चालकले मापसे सेवन गरी सवारी चलाएको पाइएको सो कार्यालयले जनाएको छ ।

ट्राफिक कार्यालयले आजै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ बस तथा माइक्रो बसका चालकलाई कारबाही गरेको छ । प्रवक्ता भट्टका अनुसार रत्नपार्क, स्वयम्भू, सोह्रखुट्टे, बौद्ध, जावलाखेललगायत क्षेत्रको अनुगमनबाट ती चालकलाई कारबाही गरिएको हो । कार्यालयले आरक्षण सिट कार्यान्वयन नगर्ने बसलाई रु तीन हजार जरिवाना लिँदै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ३६ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले