निर्वाचनलाई बढी प्रभावकारी बनाउन ‘सञ्चार र तनाव व्यवस्थापन’ तालिम « Khabarhub

निर्वाचनलाई बढी प्रभावकारी बनाउन ‘सञ्चार र तनाव व्यवस्थापन’ तालिम


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयागले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनमा सञ्चार व्यवस्थापन तथा तनाव व्यवस्थापन तालीम आयोजना गरेको छ ।

निर्वाचनलाई बढी प्रभावकारी र व्यवस्थितरूपमा सञ्चालन र सम्पन्न गर्न एवं आयोगले निर्वाचनका महत्वपूर्ण सरोकारवालाका रूपमा रहेका आमसञ्चारसँग असल र प्रभावकारी सम्बन्ध स्थापित गर्न तालिम आयोजना गरिएको हो ।

कार्यक्रमबाट आमसञ्चारसँग प्रत्यक्ष सम्पर्क एवं समन्वय गर्ने आयोगका कर्मचारी एवं पदाधिकारीको कुशलता एवं दक्षता अभिवृद्धि तथा निर्वाचनका समयमा हुन जाने कार्यचाप र त्यसबाट बढ्ने तनाव व्यवस्थापनमा समेत सहयोग पु¥याउने उद्देश्य लिइएको छ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन आमसञ्चारको महत्वपूर्ण भूमिका रहने बताए ।

वर्तमान समयमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई मध्यनजर गर्दै आमसञ्चारको नयाँ परिभाषाको आवश्यकता देखिएको उनको भनाइ छ । साथै आमसञ्चारले निर्वाचनका सबै प्रतिस्पर्धीका लागि समान प्लेटफर्मको विकास गर्नुपर्ने आवश्यकतासमेत बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : १९ बजे

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक